CLI

जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

बाँके । २०८२ भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ । सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो ।

त्यस अवसरमा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा र आमा पुनम थापाले माल्यार्पण गरे । सहिदका परिवारजनसँगै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाललगायत विभिन्न व्यक्तित्वहरूले दीप प्रज्वलन तथा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरे । नगरप्रमुख बिष्टले भने, ‘सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध नेपालको लागि उहाँहरूले देखेको सपना पूरा गर्न सके मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।’

नगरप्रमुख बिष्टले सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको नाममा विशालनगर क्षेत्रमा प्रवेशद्वार निर्माण भइरहेको जानकारी दिँदै उहाँहरूको स्मृतिलाई सदैव जीवित राखिने बताए । वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले भने, ‘सहिदहरूको बलिदानलाई सम्मान गर्दै उहाँहरूले देखाएको बाटोमा अघि बढ्नु हाम्रो कर्तव्य हो ।’

नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र वाटरपार्कद्वारा यही वैशाख १९ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा पुरुष डबल्स भेट्रान्स ५० प्लस खुल्ला, पुरुष डबल्स बी लेबल खुल्ला र पुरुष डबल्स सी लेबल बाँके जिल्ला स्तरीय इभेन्टहरू समावेश गरिएका छन् । आयोजक सदस्य इन्द्र रानाका अनुसार टिम दर्ता प्रक्रिया जारी रहेको छ ।

Leave Your Comment

Related News