CLI

राष्ट्रपतिले जारी गरे ६ वटा अध्यादेश

काठमाडौं । सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गरेका छन्।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार शनिबार स्वास्थ्य विज्ञान प्रतिष्‍ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्‍वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी भएका हुन्।

यसअघि शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३, बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी भएका थिए।

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी हटाउने तथा नयाँ भर्ना गर्ने सम्बन्धी व्यवस्था छ। यसमा प्रतिस्पर्धा गराएर नियुक्त गर्ने प्रावधान राखिएको जनाइएको छ।

Leave Your Comment

Related News