RE
Global College

कम्युनिष्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छाैँ : प्रचण्ड

रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।

आइतबार मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एकताबद्ध भएर क्रान्तिको सपना पूरा गरिने बताए।

“हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि विभिन्न कम्युनिस्ट समूह एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा सुरु गर्न नेकपा बनाएका छौँ । अब बाँकी रहेका कम्युनिस्टलाई पनि एकताबद्ध गर्छौं”, संयोजक दाहालले भने।

उनले पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनितिक दललाई मिलाएर अगाडि बढाइने बताए।

 

NECO

Leave Your Comment

Related News