काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९४ हजार ८ सय रुपैयाँमा कारोबर भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।
यस दिन चाँदी भने २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ थियो ।


