CLI

घट्यो सुनचाँदीको मूल्य,प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९१ हजार रुपैयाँमा कारोबर भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय  रुपैयाँ थियो ।

यस दिन चाँदी भने १५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँ थियो ।

Leave Your Comment

Related News