CLI

सर्वोत्तम सिमेन्टले ९ महिनामा गर्यो ७ अर्बको व्यापार, कति कमायो नाफा ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५०.२१ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले ६० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी ६ अर्ब ८१ करोडबाट बढेर ७ अर्ब ७९ लाख रुपैयाँ पुगेको छ । यता, बिक्री लागत भने घटेको छ । आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।

वित्तीय खर्च २२ करोड ७० लाखबाट घटेर १८ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । ५ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अदर इक्विटीमा ४ अर्ब ६७ करोड रहेको छ । प्रतिसेयर आम्दानी २३.१२ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १९५.९६ रुपैयाँ छ ।

Leave Your Comment

Related News