CLI

भोलि संवैधानिक परिषद्को पहिलो बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरे सँगै पहिलो पटक बैठक बस्न भएको छ । यसअघि मन्त्रिपरिषद्मै फिर्ता पठाएका उनले मंगलबार पुनः आफैँमा फर्किएपछि बाध्य भएर अध्यादेश जारी गरेका हन् ।

अध्यादेश जारी भए पनि बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो पटक बिहीबार संवैधानिक परिषदको बैठक बोलाएको हो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। संवैधानिक परिषद्का अध्यक्ष समेत रहनुभएका सम्माननीय प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची ुप्रधानन्यायाधीशको नियुक्ति सिफारिसु रहेको छ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

Leave Your Comment

Related News