काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अन्जन श्रेष्ठले बिहीबार पदभार ग्रहण गरेका छन् ।श्रेष्ठ काठमाडौं टेकुस्थित महासंघको केन्द्रिय कार्यालयमा बिहीबार पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणको क्रममा पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल र ६० औं वार्षिक साधारण सभा अर्थात् मंगलबार भएको चुनावमा जित हासिल गरेका सदस्यहरु लगायतको उपस्थिति थियो ।
यसअघि उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुरुप अध्यक्ष बनेका हुन् ।
पदभार ग्रहणसँगै उनले नयाँ सरकारसँग निजी क्षेत्र मिलेर अघि बढाउनु पर्ने जिम्मेवारी पाएको बताए ।
उनी महासंघको ६० औं वार्षिक साधारण सभामार्फत् महासंघका अध्यक्ष बन्न पुगेका छन् ।
यसअघि महासंघको नेतृत्व चन्द्रप्रसाद ढकाल गरिरहेका थिए । श्रेष्ठ महासंघको २१ औं अध्यक्ष बनेका हुन् । आगमी तीन वर्षीय कार्यकालमा ६० औं वार्षिक साधारण सभा अर्थात् मंगलबार भएको चुनावमा जित हासिल गर्ने समूहलाई साथमा लिएर अध्यक्ष श्रेष्ठ अघि बढ्नु पर्नेछ ।
६० औं वार्षिक साधारण सभा अर्थात् मंगलबार भएको चुनावमा विजयी भएका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई पनि आज शपथ लिएका छन् ।


