CLI

आजसम्म वैदेशिक रोजगारीमा रहेकाले सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओ भर्न पाउने

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले बिहीबारसम्म मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ भर्न पाउने व्यवस्था गरेको छ ।

वैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आईपीओमा बढी आवेदन परे सँगै बिहीबारसम्मको सयम सीमा कायम गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोडको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

यीमध्ये पहिलो चरणमा १० प्रतिशत आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेकोमा मागभन्दा बढी आवेदन परिसकेकाले वैशाख २४ गतेसमम मात्र निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८५ लाख बराबरको ८५ हजार कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Leave Your Comment

Related News