CLI

सुकुम्बासी बस्ती खाली गराउने क्रममा काठमाडौंको २६ सय ८७ घर टहरा भत्काइयो

काठमाडौं । काठमाडौंको सुकुम्बासी बस्ती खाली गराउने क्रममा काठमाडौंको २ हजार ६८७ घर टहरा भत्काइएको छ ।

जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरण अनुसार सुकुमबासी बस्ती खाली गराउने अभियानअन्तर्गत २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो । जसमा ८९० पक्की र १७९७ कच्ची छन् ।

प्रशासनको तथ्यांक अनुसार १५ हजार ३१६ जना विस्थापित भएका छन् ।

विस्थापित हुनेहरूमा ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ जना बालिका छन् ।

 

Leave Your Comment

Related News