काठमाडौं । सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारको सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई बर्खास्त गरेपछि बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् । राष्ट्रिय वाणिज्य बैंक अध्यक्ष सहित सबै सञ्चालकले राजीनामा दिएका हुन् । त्यसैगरी कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षले मात्र राजीनामा दिएका छन् ।
सबै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा


