RE
Global College

छिमेक लघुवित्तले ९ महीनामा कमायो ९० करोड नाफा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा कम्पनीको नाफा ६ प्रतिशतले बढेको हो ।

चालु आवको ९ महीना (चैत मसान्तसम्म) मा कम्पनीले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ६.२० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसैगरी चालू आवमा खुद ब्याज आम्दानी पनि ६.७२ प्रतिशतले बढेर २ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ जुन गत आवमा २ अर्ब ६ करोड ४२ लाख रुपैयाँ मात्रै रहको छ । कुल सञ्चालन आम्दानी पनि ७.१२ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ पुगेको छ जुन गत आवमा २ अर्ब ३३ करोड २९ लाख रुपैयाँ थियो ।

चालू आवमा कम्पनीको सञ्चालन मुनाफा पनि १ अर्ब २० करोड २१ लाख रुपैयाँबाट ५.६३ प्रतिशतले बढेर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँबाट ६ प्रतिशतले बढेर १ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी भने ३५.३९ रुपैयाँबाट घटेर ३३.४१ रुपैयाँमा झर्दा खराब कर्जा पनि २.६० प्रतिशतबाट घटेर २.३२ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २४१.९३ रुपैयाँ रहेको छ भने बेसरेट ११.७८ प्रतिशत कायम भएको वित्तीय विवरणमा उल्लेख छ।

चुक्ता पूँजी ३ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियम ४ करोड ९ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब १३ करोड ४७ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले चैत मसान्तसम्म ४४ अर्ब १० करोड ४३ लाख रुपैयाँ ग्राहकमा कर्जा लगानी गरी ४४ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको कुल भ्यालु ५ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ नाघेको छ ।

NECO

Leave Your Comment

Related News