RE
Global College

सङ्घीय संसद् सचिवालयको कर्मचारी युनियन खारेज

काठमाडौं । सङ्घीय संसद् सचिवालयले आफ्नो कर्मचारी युनियन अब अस्तित्वमा नरहेको बताएको छ। ऐनमा भएको नयाँ संशोधनपश्चात् सचिवालयले एक सूचना जारी गर्दै युनियन खारेज भएको जानकारी दिएको हो।

सचिवालयको सुचनाका अनुसार  “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, संवत २०८३ सालको अध्यादेश नं. ७ ले सङ्घीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७३ मा रहेको व्यवस्था संसोधन गरे पश्चात सङ्घीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को उक्त दफा बमोजिम अस्तित्वमा रहेको सङ्घीय संसद् सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्थाउक्त ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको” सचिवालयले बतएको छ  ।

NECO

Leave Your Comment

Related News