RE
Global College

थप ११ समस्याग्रस्त सहकारीका ठूला ऋणीहरुको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप ११ वटा समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिले ११ सहकारीका ११० जना ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको हो ।

समितिले सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी कर्जा चुक्ता गर्न आग्रह गरेको छ । अन्यथा कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ । समितिले अन्य ऋणीहरूको नामावली पनि क्रमशः सार्वजनिक गरिने जनाएको छ । साथै सबै ऋणीलाई सम्पर्कमा आउन र ऋण तिर्न आग्रह गरिएको छ ।

नामावली सार्वजनिक गरिएका ११ सहकारीहरू:

कृषि विकास बहुउद्देश्यीय, गोरखा सेभिङ एण्ड क्रेडिट, लुःनिभा बहुउद्देश्यीय, हाम्रो नयाँ कृषि सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट, सोसाइटल बचत तथा ऋण, पशुपति सेभिङ एण्ड क्रेडिट, शिव शिखर बहुउद्देश्यीय, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट, कान्तिपुर सेभिङ एण्ड क्रेडिट र लालीगुराँस बहुउद्देश्यीय सहकारी रहेका छन् ।

 

 

 

 

 

NECO

Leave Your Comment

Related News