CLI

मञ्जुश्री को–अप्रेटिभका अध्यक्ष घिमिरे पक्राउ

काठमाडौं । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् ।

बचत फिर्ता नगरेको आरोपमा घिमिरेलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काका अनुसार सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी हालेका थिए सोही उजुरीको आधारमा अध्यक्ष घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

सहकारीले करिब एक सय ५० बचतकर्ताको १५ करोड बढी बचत रकम फिर्ता गर्न बाँकी रहेको छ ।

प्रहरीले प्रक्राउ परे सँगै बचत रकम ठगीको अनुसन्धान अघि बढाएको छ ।

Leave Your Comment

Related News