CLI
Global College

हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा गिरावट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा घटेको छ।

इन्स्योरेन्सको नाफा ४४.६५ प्रतिशतले घटेर २६ करोड १४ लाख ४४ हजार रुपैयाँ पुगेको छ। गत आवमा कम्पनीको नाफा ४७ करोड २४ लाख रुपैयाँ थियो।

कर्जा र लगानीबाट हुने आम्दानी घटेपछि नाफा घटेको हो। कम्पनीको कर्जा र लगानीबाट हुने आम्दानी ४२ अर्ब ८६ करोडबाट घटेर ३७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। उक्त आम्दानी घटेसँगै कुल आम्दानी घटेक छ ।

९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ९९ करोड ६३ लाख रुपैयाँ रहेको छ। विपद् जगेडा कोषमा ४६ करोड ६६ लाख रुपैयाँ रहेको छ। यस इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३.८१ रुपैयाँ छ। प्रतिसेयर नेटवर्थ १२०.४५ रुपैयाँ रहेको छ।

Leave Your Comment

Related News