CLI

संघीय संसदका दुबै सदनको संयुक्त वैठक बस्दै, नीति तथा कार्यक्रम पेश हुने

काठमाडौं । आज संघिय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिययसभको स.युक्त बैठकम बस्दैछ । राष्ट्रपति रामचन्द्र पौडेललले नेपालको संविधानको धारा ९५ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा आज ४ बजेको लागि संसदको स.युक्त बैठक बोलाएका हुन् ।

आजको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट प्रेसित पत्र संघिय संसदका देवै अधिबेशन शुरू भएको पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ भने सरकारले ल्याएको अध्यादेश कानून बनाईयोस भनि सदन समक्ष पेश गर्ने कार्यसुची रहेको छ ।

आजबाट यो बर्षको बजेट अधिबेशन सुनु हुन लागेको हो । आजै नेपाल सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद समक्ष पेश गर्ने कार्यक्रम रहेको छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ ।

यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरु पेस हुनेछन् ।

Leave Your Comment

Related News