काठमाडौं । सोमबार नेपली बजारम सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा खरिदबीक्री भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ थियो ।
यस दिन चाँदी भने ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँ थियो ।


