CLI

सूरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि मागियो आवेदन

काठमाडौं ।  सरकारले सूरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशको पदका लागि दरखास्त आह्वान गरेको छ । सरकारले अध्यादेशमार्फत् राजनीतिक नियुक्तहरु हटाए सँगै केन्द्रमा रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरिएको केन्द्रले जनाएको छ ।

 

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दरखास्त दिनका लागि आवश्यक पर्ने विवरणहरु
१. आवश्यक न्यूनतम योग्यता
क. कम्तीमा तीस वर्ष उमेर पूरा भएको र साठी वर्ष उमेर ननाघेको नेपाली नागरिक ।
ख.मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ्ग, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, मेकानिकल इन्जिनियरिङ्ग, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको ।
ग.कानून बमोजिम दर्ता भएको सरकारी, निजी, गैरसरकारी निकायको व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको ।
घ. भविष्यमा सरकारी सेवा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व रहेको संस्थाको सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको ।
ङ. भ्रष्टाचार, जबरजस्ती करणी, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध, सम्पत्ति शुद्धीकरण, राहदानी दूरुपयोग, अपहरण, सङ्गठित अपराध वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अदालतबाट सजाय
नपाएको ।
च. कुनै विदेशी राष्ट्रको स्थायी आवसीय अनुमतिपत्र वा नागरिकता नलिएको ।
छ. प्रचलित कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको ।
२. दरखास्तसाथ संलग्न गर्नुपर्ने कागजातहरू
क. संलग्न ढाँचा बमोजिमको आवेदन र दरखास्त फाराम
ख. नेपाली नागरिकता र राष्ट्रिय परिचयपत्रको प्रमाणपत्रको प्रतिलिपि

Leave Your Comment

Related News