काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए ।
बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए ।
उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो ।
बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।


