काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको अध्यक्षमा लक्ष्मण ज्ञवाली मनोनयन भएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सर्वसम्मत् अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।
हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले मर्चेन्ट बैंकरको सेवा प्रदान गर्दै आएको छ । ज्ञवालीको नेतृत्वले कम्पनीलाई थप उचाईमा पुर्याउने विश्वास कम्पनीको छ ।


