CLI

सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद बैठक सञ्चालन हुने, सात सदस्य मनोनीत

काठमाडौं । प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन् । सभामुख डोलप्रसाद अर्यालले सात जनालाई सभा सञ्चालन गर्ने सदस्यका रूपमा मनोनीत गरेका हुन् ।

सभामुख अर्यालका अनुसार कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी समा सञ्चालन गर्ने सदस्य मनोनीत भएका हुन् ।

सभामुख र उपसभामुखको अनुपस्थितिमा ती सात सदस्यले बैठक सञ्चालन गर्ने छन् ।

 

Leave Your Comment

Related News