काठमाडौं । संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरि आज एकै दिन ८ओटा संसदीय समितिको बैठक बस्न लागेको छ । आज बैठक बस्न लागेका प्रतिनिधीसभाको समितिमा अर्थ समितिमा मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा र चा लु आ ब २०८२/८३ को बजेट कार्यान्वयन अवस्था र आगामी आ ब २०८३/८४ को बजेट तयारी बिषयामा छलफल हुनेछ आजको अर्थ समितको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा छलफल हुने छ । आजको अर्थ समितको वैठकमा मन्त्री सहभागि हुने उनको सचिवालयले उल्लेख गरेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उपसममितिको बिषयामा छलफल हुने समिति सचिवालयले जनाएको छ । पूर्वाधार विकास समितिदको बैठकमा सडक सुरक्षा ,मनसुनमा सवारी व्यवस्थापन र बिबिध मा छलफल गर्ने समितिको सचिवालयले उल्लेख गरेको छ । महिला तथा सामाजिक मामिला समितिले मधेशी आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसुची रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति – २०८२मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजना र विविध बिषयाम छलफल गर्ने कार्यसुची तय गरिएको छ । सार्वजनिक लेखा समिति २०८२मा समिति सम्बन्धी प्रस्तुतीकरण रहेको छ ।
त्यसैगरी आजको राष्ट्रिय सभा अन्तर्गतको समितिमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भूमिहीन नागरिकहरूलाई अस्थायी रुपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमन सम्बन्धमा छलफल हुनैछ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिगण्डकी प्रदेशमा भएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनको मस्यौदामाथि छलफल हुने जनाइएको छ ।


