CLI

यी हुन् सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद बैठक सञ्चालन गर्ने सांसद

काठमाडौं । प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन् । सभामुख डोलप्रसाद अर्यालले सात  जनालाई सभा सञ्चालन गर्ने सदस्यका रूपमा मनोनीत गरेका हुन् ।

प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्यको नामावली २०८३ बैसाख २८ गते बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालले पढेर सुनाएका हुन  । संसदमा पेश भएका नामावलीमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहेका छन्  ।

सभामुख र उपसभामुखको अनुपस्थितिमा ती सात सदस्यले बैठक सञ्चालन गर्ने छन् । संसदको नियवालीमा सभामुख र उपसभामुखको अपस्थितिमा बैठक सञ्चालन गर्ने सांसदको सुची बनाइ प्रतिनिधिसभाबा ट पारित गर्नु पर्ने कानूनी व्यववस्था रहेको छ ।

Leave Your Comment

Related News