काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आगामी जेठ २२ गते अघिल्ला दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा गर्ने भएको छ । वैशाख २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिकको विषय पनि सभाले निर्णय गर्नेछ । चार जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
यो सभा प्रयोजनका लागि कम्पनीले जेठ ७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।


