RE
Global College

बालेनलाई हर्कको प्रश्न- प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले सदनलाई सम्बोधन नगरेकोप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री छ कि छैन भन्ने थाहा नभएको टिप्पणी गरे। ‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ? ’, साम्पाङले प्रश्न थप्दै भने, ‘सांसदको उत्तर नदिनु भनेको जनताको उत्तर नदिनु हो । यो भनेको असक्षमताको नमुना हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?’

उनले प्रधानमन्त्री जनताको जवाफ दिन नसक्ने अयोग्य भएको हो? भन्दै प्रश्न गरे। उनले सीमा क्षेत्रदेखि सुकुम्वासी समस्या बस्तीमा डोजर चलाएको विषयमा पनि सरकारमाथि प्रश्न गरे।

NECO

Leave Your Comment

Related News