CLI

प्रतिनिभि सभाका सचिव हर्कराज राईको पदमुक्त

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । उनको राजीनामा मंगलबार राष्ट्रपति रामचनद्र पौडेलले स्वीकृत गरे सँगै राई पदमुक्त भएका हुन् ।

राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै राई पदमुक्त भएको जानकारी गराएको हो ।

‘ सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय सभामुख श्री डोल अर्यालको मिति २०८३/०१/२८ गतेको सिफारिसमा सङ्घीय संसद्का महासचि प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुवि सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम श्री हर्कराज राईलाई मि २०८३/०१/२९ गतेदेखि प्रतिनिधिसभाको सचिवको पदबाट हटाउनु भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

Leave Your Comment

Related News