काठमाडौं । काठमाडौं महानगरले काठमाडौं महानगरपालिका भित्र रहेका संस्थागत बिध्यालयमा शेक्षिक सत्र २०८३\०८४ मा ११ र १२ कक्षामा छात्रवृति कोटामा अध्यन गर्न चाहने बिध्यार्थीबाट आबेदन माग गरेको छ । छात्रबृति कार्यक्रममा सहभागी हुन २०८२ चैत १९ देखि २९ सम्म भएको एसइइ परिक्षाको नतिजामा ग्रडेड भएको हुनुपर्नेछ । छात्रबृतिको लागि काठमाडौ महानगरपालिकोको वेबसाइट वा entrance.Kathmandu .gov.np मार्फत अनलाईन आवेदन दिनु पर्नेछ । अनलाईन आबेदन २०८३ जेट १ गते बाट कुल्ला हुनेछ भने जेट १० गते राति ११बजेर ५९ मिटे जाँदा सम्म आबेदन दिन सक्नेछन् । आबेदक बिध्यार्थिको परिक्षा २०८३ जेठ १७ गते बिहान ८ बजे देखी १० गते सम्म हुने छ । परिक्षामा कक्षा १० को पाठ्यक्रमममा आधारित १०० वटा बस्तुगत प्रशनहरु सोधिने छ ।
काठमाडौ महानगरपालिकाले आफ्नो क्षेत्र भित्र संचालित संस्थागत बिध्यालयबाट बिध्यार्थी संयाको २० प्रतिशत छात्तबृतिमा पढाउनको लागि बिध्यार्थी सिफारिस गर्दै आएको छ । सो कार्यक्रमाम देशभरीका भिध्यार्थि सहभागि हुन सक्नेछन् ।



