CLI

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक वैशाख ३० गते बस्ने, महाधिवेशन सम्बन्धी छलफल हुने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक वैशाख ३० गते बस्ने भएको छ। पार्टी सभापतिको निर्देशनअनुसार बैठक आह्वान गरिएको जनाइएको छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाडौंमा बस्नेछ । बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकको मुख्य एजेन्डा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धी छलफल रहने जनाइएको छ । साथै, विविध विषयमा पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ।

Leave Your Comment

Related News