काठमाडौं । बुधबार नेपली बजारम सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा खरिदबीक्री भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ थियो ।
यस दिन चाँदी भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ६९५ रुपैयाँ थियो ।


