RE
Global College

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ । सभामुख डोलप्रसाद अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् ।

हर्कराज राईलाई हटाएर सभामुख अर्यालले प्रतिनिधिसभाको सचिवमा अधिकारीलाई ल्याउन लागेका हुन् ।

सभामुखको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा सचिव नियुक्त गर्ने व्यवस्था छ।

प्रतिनिधि सभा सचिवमा सिफारिस भएका अधिकारी संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ का हुन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर पनि गरेका छन्।

उनीसँग निजामती सेवामा २४ वर्ष काम गरेको अनुभव छ। उनी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारीसमेत हुन्।

NECO

Leave Your Comment

Related News