CLI

सरकारी लगानी व्यवस्थापन समितिमा दुई सांसद मनोनीत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा दुई सांसदलाई मनोनयन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली (मुस्ताङ) र सुशील खड्का (बागलुङ) लाई मनोनयन गर्ने निर्णय गरेको सूचना तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । समितिको अध्यक्षमा अर्थमन्त्री हुने व्यवस्था रहेको छ ।

Leave Your Comment

Related News