CLI

यस्ता छन् मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णयहरू

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्ले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । यससँगै विभिन्न मन्त्रालय तथा निकायको कार्यक्षेत्र र जिम्मेवारीलाई नयाँ संरचनाअनुसार व्यवस्थित गर्ने बाटो खुलेको छ ।

बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन गर्ने निर्णय पनि गरेको छ । सरकारले डिजिटल सुशासन र प्रविधिमैत्री प्रशासनलाई थप प्रभावकारी बनाउन उक्त संशोधन गरिएको जनाएको छ ।

यस्तै, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले भूमिसम्बन्धी २१औँ संशोधन नियमहरू, २०८३ समेत स्वीकृत गरेको छ । सरकारले भूमि प्रशासन, व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन संशोधित नियमावली ल्याइएको जनाएको छ ।

 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

–नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।

–विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।

–सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।

–भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।

Leave Your Comment

Related News