CLI

सुकुम्बासी बस्ती उठाउने काममा डोजर आतंक भयो : सांसद साजिदा खातुन सिद्धिकी

काठमाडौं । सांसद साजिदा खातुन सिद्धिकीले सुकुम्बासी बस्ती हटाउने सरकारी कामको विरोध गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुकुम्बासी बस्ती उठाउने काममा डोजर आतंक भएको बताउँदै भनिन्, ‘गरिबी हटाउने होडबाजी चल्यो ।’
उनले सरकारले यस्तो काम रोक्नु पर्ने बताइन् ।

बैठकमा रास्वपाका सांसद सुशान्त बैदिकले प्राकृतिक विपत्तिबाट हुने क्षति रोक्न सरकारले विशेष कार्यक्रम सुरु गर्नुपर्ने बताए ।

उनले चट्याङबाट मृत्यु भएको घटना तथा आगलागीबाट सर्वसाधारणको मृत्यु भएका घटनाहरू उठाउँदै प्राकृतिक विपत्तिबाट हुने क्षति रोक्न सरकारले विशेष कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् ।

Leave Your Comment

Related News