CLI

विपक्षी दलले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन खोजेपछि प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने बताए पछि प्रतिपक्ष दल कांग्रेस, एमाले , श्रम संस्कृति र राप्रपाका सांसदहरु उठेर नियमापत्ति जनाएका छन् ।

सोही क्रममा विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।

Leave Your Comment

Related News