काठमाडौं । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन खोजेपछि प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने बताए पछि प्रतिपक्ष दल कांग्रेस, एमाले , श्रम संस्कृति र राप्रपाका सांसदहरु उठेर नियमापत्ति जनाएका छन् । सो सँगै सभामुख डोलप्रसाद अर्याललले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
विपक्षी सांसदहरूले नीति तथा कार्यक्रममा जवाफ दिनका लागि प्रधानमन्त्री शाह संसदमा उपस्थित गराउन माग गरेका छन् ।
नेता अर्जुनरसिंह केसीले संवैधानिक व्यवस्था अनुरुप विगतमा पनि प्रधानमन्त्रीले नीति तथा कार्यक्रम जवाफ दिने प्रचलन रहेको हुँदा उपस्थित गराउन आग्रह गरे ।


