CLI

नेपाल वेयरहाउजिङ्ग कम्पनीको सीईओमा शर्मा नियुक्त

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ((सीईओ) मा पवन कुमार शर्मा नियुक्त भएका छन् । वैशाख २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल वैशाख २९ गतेदेखिनै लागू हुने जानकारी कम्पनीले दिएको छ । उनलाई सीईओ नियुक्त गर्न श्रम तथा व्यवस्थापन सुरक्षा विभागबाट आगामी पुस ६ गतेसम्मका लागि स्वीकृति प्राप्त भएको जानकारी कम्पनीले दिएको छ । सोही मितिसम्मका लागि शर्मा कम्पनीको सीईओमा नियुक्त भएका हुन ।

Leave Your Comment

Related News