CLI

सामान्य अंकले घट्यो नेप्से , १ अर्ब ५५ करोडले घट्यो कारोबार रकम

काठमाडौं । बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । बुधबार ४.१५ अंकले घटेर नेप्से परिसूचक २७४०.२५ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ०.७० अंकले घटेर ४६७.५५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.३६ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२६ अंकले घटेको हो ।

बुधबार ३३९ वटा कम्पनीको ४२ हजार १७६ पटक धितोपत्र कारोबार हुँदा ५६ लाख ४३ हजार २८८ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम २ अर्ब ८० करोड ७४ लाख पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब ५५ करोड ७६ लाखले कम हो । मंगलबार कारोबार रकम ४ अर्ब ६६ करोड ५० लाख पुगेको थियो ।

बुधबार उत्पादन र प्रशोधन समूह ५४ र व्यापार ५६ अंकले बढ्दा अन्य समूह अर्थात् बैंकिङ ३, विकास बैंक ११, वित्त ९, होटल र पर्यटन ३४, जलविद्युत ५, लगानी ०.२२, लघुवित्त २५, म्युअुचल फण्ड ०.०८, निर्जीवन बीमा ६६ र अन्य समूह ६ अंकले घटेको छ ।

बुधबार ८२ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कमाउनेमा एसियन हाइड्रोपवार, एसवाई प्यानल बन्दा सर्वाधिक गुमाउनेमा धौलागिरी लघुवित्त वित्तीय संस्था, झापा इनर्जी लिमिटेड बन्यो ।

Leave Your Comment

Related News