CLI

प्रतिनिधि सभाको तेस्रो बैठकमा पनि विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा फेरि पनि विपक्षीहरूले अवरोध गरेका छन् । यसअघि आजै बसेका दुईवटा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले लगातार अवरोध गरिरहेका हुन् । सभामुख डोलप्रसाद अर्यालले बैठक अवरोध नगर्न आग्रह गरिरहेका छन् ।

Leave Your Comment

Related News