बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्न लागेका हुन् । लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङको समय अनुसार बुधबार ७ः५० मा बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् २०१७ को नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो । दुई नेताबीच द्विपक्षीय सम्बन्ध र विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण


