CLI

कालोसूचीमा परेका ठेकेदार, निर्माण व्यवसायीहरूको विवरण हेर्न छुट्टै वेबसाइट सञ्चालनमा

काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा कालोसूचीमा परेका ठेकेदार, निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा परामर्शदाताहरूको विवरण हेर्न छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै कालोसूचीसम्बन्धी विवरणका लागि नयाँ पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिएको हो ।

अब कालोसूचीमा परेका तथा कालोसूचीबाट फुकुवा भएका कम्पनी र व्यक्तिहरूको विवरण blacklist.ppmo.gov.np मार्फत हेर्न सकिने कार्यालयले जनाएको छ । यसअघि यस्ता विवरण सार्वजनिक खरिद अनुगमन कार्यालयकै मुख्य वेबसाइटमार्फत उपलब्ध गराइँदै आएको थियो।

Leave Your Comment

Related News