CLI

प्रधानमन्त्री जवाफ दिन नआए हाम्रा सांसद बाहिरिन्छन् : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल चलिरहँदा प्रधानमन्त्री नदेखिनुलाई दु:खद् भएको बताएका छन् ।

उनले अहिले नीति तथा कार्यक्रममाथि छलफल चलिरहे पनि जवाफ दिने समयसम्म प्रधानमन्त्री आउने अपेक्षा गरेको उनले बताए । यदि उक्त समयसम्म प्रधानमन्त्री सहभागी नभए श्रम संस्कृति पार्टीका सांसदहरू सदनबाट बाहिरिने बताएका छन् । जसले नीति तथा कार्यक्रममाथिको छलफल सुन्नु पर्ने हो उ नै नआउँदा आफ्नै बिहेमा अर्कोलाई बेहुलारबेहुली बनाएर पठाएको जस्तो भएको उनले बताए ।

उनले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीबाट भाग्न नपाउने बताएका छन् । ‘म माग गर्न चाहन्छु, उहाँ (प्रधानमन्त्री० यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नुभएन,’ उनले भने, ‘तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहीँ विश्वास लिएको छ ।’

यदी प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने उनले बताए ।

Leave Your Comment

Related News