RE
Global College

परराष्ट्र मन्त्रालय र प्रतिष्ठानद्वारा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात

काठमाडौं । परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात गरिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले यस कार्यक्रमबारे जानकारी गराएका हुन्।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सम्बन्धलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण रहेका पाँच प्रमुख क्षेत्रहरूमा केन्द्रित रहेर यस कार्यक्रम अन्तर्गत नीतिगत अध्ययन अनुसन्धान गरिनेछ।

यस इन्टर्नसिपका लागि रणनीतिक मामिला, विकास तथा वित्त, उदीयमान प्रविधि, स्वच्छ ऊर्जा तथा नेपाली डायस्पोरा सम्बन्धी पाँच प्रमुख क्षेत्रहरू निर्धारण गरिएका छन्।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सम्बन्धमा रुचि राख्ने सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र विज्ञहरूको ज्ञान, अनुभव र ऊर्जालाई देशको नीति निर्माणको मूलधारसँग प्रत्यक्ष जोड्न यो ग्रीष्मकालीन इन्टर्नसिप २०२६ आव्हान गरिएको हो।

NECO

Leave Your Comment

Related News