RE
Global College

शनिबार यस्तो छ तरकारीको मूल्य

काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ‍(शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज बोडी, लौका, घिरौँला, परबल, च्याउसहितका केही तरकारको भाउ घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ६९, रातो आलु लाम्चो २६, भारतीय आलु २५, भारतीय सुकेको प्याज ३७, लोकल गाँजर ५२, लोकल बन्दा ४२, स्थानीय काउली ६०, लाम्चो भन्टा ५७, डल्ले भन्टा ६५, हाइब्रिड मुला १८ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ९०, करेला ७५, लौका ५५, घिरौँला ६५, लोकल परबल ५७, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, कन्य च्याउ १५५, डल्ले च्याउ ३२५, कुरिलो ३२५, ब्रोकाउली १०० रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ७०, रातो आलु लाम्चो २६, भारतीय आलु २५, भारतीय सुकेको प्याज ३७, लोकल गाँजर ५२, लोकल बन्दा ४२, स्थानीय काउली ५३, लाम्चो भन्टा ५७, डल्ले भन्टा ६५, हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी ९३, लौका ४५, घिरौँला ७०, लोकल परबल ६५, हरियो डल्ले फर्सी ४६, पाकेको फर्सी ५५, कन्य च्याउ १६०, डल्ले च्याउ ३५३, कुरिलो ३३७, ब्रोकाउली ११२ रुपैयाँ प्रतिकिलो थियो।

NECO

Leave Your Comment

Related News