काठमाडौं । सशस्त्र प्रहरीले अवैध रुपमा भारततर्फ लैजाँदै गरेको १९ लाख ४७ हजार रुपैयाँभन्दा बढीको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले सिरहाको देवनगरस्थित सीमा इलाका खटिएको गस्ती टोलीले जेठ २ गते राति राजेश यादव र आनन्द यादवलाई उक्त समानसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मूल्य बराबरको कस्मेटिक सामान, टुथ पेस्ट र ओखरसहित गाडी विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सामान भन्सारमा बुझाउने र चालकहरुमाथि अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ ।


