CLI

 ट्रम्पको इरानलाई चेतावनी : समय सकिँदै गएको छ, छिट्टै कदम नचाले त्यहाँ केही पनि बाँकी रहने छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै पश्चिम एसियालाई हल्लाइरहेको द्वन्द्व तत्काल अन्त्य गर्न आग्रह गरेका छन् । उनले “इरानका लागि समय सकिँदै गएको छ, छिट्टै कदम नचाले त्यहाँ केही पनि बाँकी रहने छैन” भन्दै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत चेतावनी दिएका हुन् ।

इरान र इजरायलबीचको तनाव चर्किरहेका बेला संयुक्त अरब इमिरेट्स (युएई) को बाराकाह आणविक ऊर्जा केन्द्र नजिक ड्रोन हमला भएपछि क्षेत्रीय सुरक्षा अवस्थाबारे थप चिन्ता बढेको छ । युएईका अधिकारीहरूका अनुसार ड्रोन आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आगलागी भएको थियो । घटनामा कुनै मानवीय क्षति नभएको तथा विकिरण चुहावटसमेत नभएको जनाइएको छ ।

आक्रमणको जिम्मेवारी कसैले नलिए पनि युएईले पछिल्ला दिनहरूमा इरानमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको आरोप लगाउँदै आएको छ। साउदी अरेबियाले पनि इराकी हवाई क्षेत्रबाट आएका तीनवटा ड्रोन रोकेको जनाएको छ।

यस घटनापछि भारतले गम्भीर चिन्ता व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले आणविक संरचनामाथिको हमला “खतरनाक तनाव वृद्धि” भएको भन्दै संयमता अपनाउन र कूटनीतिक संवादमा फर्किन आग्रह गरेको छ।

यसैबीच लेबनानको बालबेक क्षेत्रमा इजरायली मिसाइल आक्रमणमा इस्लामिक जिहादका एक कमाण्डर र उनकी १७ वर्षीया छोरी मारिएको लेबनानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। युद्धविराम अवधि थप गरिए पनि इजरायलले आक्रमण जारी राखेको बताइएको छ ।

 

Leave Your Comment

Related News