RE
Global College

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध, प्लेकार्डमा डोजर आंतक देखि प्रधानमन्त्रीको जावफदेहिताको नारा

काठमाडौं । हर्कराज साम्पाङ नेतृत्त्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीको विरोध गरेको छ। सोमबार प्रतिनिधिसभा सुरु हुनासाथ प्ले कार्डसहित श्रम संस्कृति पार्टीले सभामुखको अगाडि गएर विरोध गरेको हो।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेतासमेत रहेका राईसहितका सांसदले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन्।
प्लेकार्डमा प्रधानमन्त्री जबाफदेही बनेको खोइ ?, डोजर आंतक भन्दा गर, विकास निर्माणमा ध्यान दे, सुचनाको हकको सुनिश्चितता गर लगायतका नारा लेखिएको थिए ।

सभामुख डोलप्रसाद अर्यालले भने त्यसो नगर्न निर्देशन दिएका छन्। पर्चा देखाएर विरोध गर्ने श्रम संस्कृति पार्टीको शैली मर्यादित नभएको बताए।

NECO

Leave Your Comment

Related News