CLI

अमृत झा अझै पनि इरानको नियन्त्रणमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली नागरिक अमृत झा अझै पनि इरानको थुनामा रहेको बताएको छ । इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेकोले झा अभै इरानमा थुनामा रहेको हुन् ।

सोमबार मन्त्रालयले पत्रकार सम्मले गर्दै उनको बारेमा जानकारी गराएको हो । सम्मेलनको क्रममा लोक बहादुर पौडेले क्षेत्रीका अनुसार झाको मुद्धा इरानको स्थानीय अदालतमा विचाराधीन रहेको र उी थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी रहेको छ ।

मन्त्रालयमा प्राप्त पछिल्लो जानकारी अनुसार ‘एक्सपोर्ट रिपोर्ट’ का लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने क्रममा रहेको छ । इरानको स्थानीय अदालतमा विचाराधीन रहेको मुद्दाको निरूपण इरानको कानुनअनुसार हुने भएकोले उपलब्ध सबै माध्यमको प्रयोग गरी निज झाको निष्पक्ष सुनुवाइ लगायतका लागि निरन्तर कूटनीतिक पहलहरू जारी राखिएको बताइएको छ ।

इरानको क्युस्म आइस्ल्याण्ड मा अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा पक्राउ परी हाल सोही मुलुकको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

पत्रकार सम्मलेनको क्रममा झा रिहा भएको भन्ने मन्त्रालयबाट सार्वजनिक गरिएको विषयमा माफी मागिएको छ । मन्त्रालयलाई झा रिहा भएको जानकारी आएको र त्यसमा आधिकारिक जानकारी हुन नसकेको भन्दै माफी मागिएको हो । ‘१५ अप्रिल २०२६ का दिन इरानका लागि नेपाली अनररी कन्सलले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई ‘झा रिह भएको’ भनी खबर पठाएको र उक्त बेहोरा माननीय परराष्ट्र मन्त्रीज्यू र सचिवज्यूलाई सम्बन्धित महाशाखा प्रमुखबाट प्रतिवेदन भएको । त्यहाँको विषम परिस्थितिबीच आफ्नो नागरिकका सम्बन्धमा तत्कालीन जनचासो र सञ्चार माध्यमबाट सोधिएको अवस्था एवम् निजको परिवारसमेतको जानकारीमा आइसकेको विषयलाई दृष्टिगत गर्दै सोही दिन मन्त्रालयबाट श्री झा रिहा हुनुभएको अनौपचारिक जानकारी प्राप्त भएको बारे विज्ञप्ति जारी गरिएको थियो । उक्त जानकारीकै आधारमा परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो सामाजिक सञ्जालबाट सो विषय सार्वजनिक गरेका थिए । साथै, निजलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पुरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई निज रिहा भएको लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिइएको। तर केही दिन पछि प्राप्त जानकारी अनुसार अमृत झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले ‘एक्सपोर्ट रिपोर्ट’ तयार गर्न भनिएको मन्त्रालयले स्पष्ट पारेको छ । उक्त जानकारी पश्चयात परराष्ट्र मन्त्रीलगायतका अधिकारीहरूसँग मन्त्रालयमा भएको भेटमा निज झाका परिवारलाई यी सबै तथ्यहरू जानकारी गराइसकिएको बताइएको छ ।

अमेरिका-इजरायल र इरानबीच २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरु हुनु अगावै जनवरी २०२६ को सुरुमा उदयपुर गाईघाटका ३० वर्षीय झा र अन्य ६ जना विदेशीहरूलाई इरानी सुरक्षाकर्मीहरूले क्युस्म आइस्ल्याण्डबाट नियन्त्रणमा लिएका थिए ।

Leave Your Comment

Related News