काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बाह्य लेखापरीक्षकबाट सम्पत्ति गुणस्तर परीक्षण भएका बैंकका १० बैङ्कको नाम सार्बजनिक गरेको छ नेपाल राष्ट्र बैंकले देशका ग्लोवल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड कर्जा लगानीको गुणात्मक तथा परिमाणात्मक पक्षको विस्तृत मूल्याङ्कन गरेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सहयोगमा नेपाल राष्ट्र् बैङ्कले बाह्य लेखापरीक्षकबाट लेखापरीक्षकबाटसम्पत्ति गुणस्तर परीक्षण गराएको हो
नेपाल राष्ट्र बैंकको चौथो रणनीतिक योजना (२०२२-२०२६) र बैंक सुपरिवेक्षण विभागको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्ययोजना अनुसार अन्तर्राष्ट्रिय परामर्शदातामार्फत यो समीक्षा गराइएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले बाह्य परामर्सदाताको रुपमा हवलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको थियो ।
परामर्शदाताले बुझाएको निष्कर्ष अनुसार, आर्थिक वर्ष २०८१ चैत मसान्तको वित्तीय विवरणलाई आधार मान्दा समीक्षा गरिएका १० ठूला वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ७.६ प्रतिशत रहेको छ । त्यसैगरी, यी बैंकहरूको औसत पुँजी पर्याप्तता अनुपात ११.३० प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।
नेपाल राष्ट्र बैङकले परामर्शदाताबाट प्रत्येक बैंकको छुट्टाछुट्टै र एकीकृत प्रतिवेदन बुझाएको र प्रतिवेदनमा औंल्याइएका सुझावहरूलाई कार्यान्वयनमा लैजाने जनाएको छ ।


