CLI

गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट लगायतका करदताले लाखौं कर छली गरे

काठमाडौं । गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट, अमेजन लगायत १४ वटा कम्पनीले कर छली गरेको पाइएको छ ।

ठुला करदाता कार्यालयबाट प्राप्त विवरणअनुसार २०८१।८२ सम्म गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट, अमेजनलगायतका १८ कम्पनी दर्ता भएका छन् । त्यस्ता कम्पनीबाट २०७९ । ८० मा रु ३० करोड २२ लाख ९० हजार २०८०।८१ मा रु।४१ करोड ७ लाख २० हजार तथा २०८१ । ८२ मा उक्त करदाताबाट रु ४४ करोड ४८ लाख १७ हजार कर सङ्कलन भएको छ । यस्तो कारोबार गर्ने सबै गैरबासिन्दा व्यक्तिलाई करको दायरामा ल्याउनुपर्ने बताइएको छ ।

साथै ३ वर्षको मूल्य अभिवृद्धि कर र विद्युतीय सेवा कर दाखिला स्थितिको अध्ययन गर्दा मूल्य अभिवृद्धि करको आधारमा १४ करदाताले विद्युतीय सेवा कर रु ६ करोड ८ लाख ५५ हजार न्यून दाखिला गरेको पाइएको छ । महालेखाले न्यून कर दाखिलाको गरेको सम्बन्धमा थप छानबिन गरी कर निर्धारण गर्नुपर्ने जनाएको छ ।

महालेखाका अनुसार विद्युतीय सेवामा कर आर्थिक ऐन, २०७९ को दफा २० मा गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा २ प्रतिशतका दरले विद्युतीय सेवा कर लगाउने व्यवस्था छ।

Leave Your Comment

Related News